वीरगन्ज – वीरगन्ज महानगरपालिका–१५, भिस्वास्थित आयुर्वेद अस्पतालको गेट अगाडि एक इभी गाडी अनियन्त्रित भई सिधै घरमा पसेको छ। शुक्रबार बिहान करिब ९ बजे प्रदेश नं १–००६ ख ६६६० नम्बरको उक्त इभि गाडी घरको बार्दली भत्काउँदै भित्र पसेको हो।
दुर्घटनामा घरभित्र रहेकी एक महिला सामान्य घाइते भएको प्रहरीले जनाएको छ। गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार गाडीको ब्रेक फेल भएर घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा स्थानीयवासी र प्रहरीले उद्धार गरी गाडीलाई बाहिर निकालिएको छ।
पूरा विवरण आउन बाँकी छ।
