बौनिया बजारमा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्ने बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउदले बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवालको ह*त्या गरेका छन् ।
१५ दिनअघि सेकुवा सेन्टरमा काम गर्न आएकी सेजुवाल र साउदको काम गर्ने क्रममा उनीहरुबिच प्रेम सम्बन्धमा परिणत भयो ।
आफूसँग विवाह गर्ने वाचा गरेकी सेजुवालले अरूसँग पनि फोनमा कुराकानी गर्ने गरेको थाहा पाएपछि आवेगमा आएर चक्कु प्रहार गरेर ह*त्या गरेको साउदले बयान दिएका छन् । साउद सेकुवा सेन्टरका कुक हुन् भने सेजुवाल वेटर हुन् ।
दुई सन्तानका बुवा समेत रहेका ३३ वर्षीय निरज साउदको श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको थियो ।
