• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

राजधानी सेकुवा एण्ड म:म सेन्टरमा कार्यरत युवतीको हत्या


  • धनकुटा खबर
  • .

कैलाली – कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको एक सेकुवा सेन्टरमा कार्यरत १७ वर्षीया किशोरीको चक्कु प्रहारबाट ज्यान गएको छ।

बर्दगोरिया गाउँपालिका–३ की याचना सेजुवालको शनिबार बिहान करिब १० बजेतिर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए।

प्रहरीका अनुसार बर्दगोरिया–१ मा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा कार्यरत सेजुवालमाथि सोही सेन्टरमा काम गर्ने ३३ वर्षीय निरज साउदले चक्कु प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी सेजुवाललाई उपचारका लागि तत्काल धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी सिंहले बताए।

सेजुवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिने जनाइएको छ। घटनामा संलग्न साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हत्या गर्नुको कारण अझै स्पष्ट नभए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖