• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सप्तरीमा चल्यो गोली,दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सप्तरीमा प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तसरीका बडिबिरपुर–१ घर भएका विशाल राय र डाक्नेश्वरी–७ घर घर भएका मनोज राय छन् ।

आरोपीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

ब्युरोका सई बालकृष्ण सन्जेल नेतृत्वको टिमले आरोपीहरूको साथबाट करिब २ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा आरोपीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖