• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्याजको भाउ बढ्यो


  • धनकुटा खबर
  • .

बजारमा सुकेको प्याजको भाउ बढेको छ।

एक सातादेखि स्थिर रहेको प्याज सोमबार बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ।

समितिको तथ्यांकअनुसार सोमबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ३५ देखि ३७ रूपैयाँमा बिक्री भइरहेको छ। यसअघि प्याज बजारमा प्रतिकिलो ३६ देखि ३८ रूपैयाँमा कारोबार भइरहेको थियो।

आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ। अहिले बजारमा स्वदेशी प्याज नगन्य मात्रामा छ। भारतीय प्याजले माग धानेको छ।
भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँ पनि मूल्य घटबढ हुने व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖