• Monday 26th of October 2026

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण


  • धनकुटा खबर
  • .

काठमाडौं। कक्षा १२को नतिजा सार्वजनिक भएको छ। सोमबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो।

सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो। परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖