• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

हाइस दुर्घटना : नौ जना घाइते


  • धनकुटा खबर
  • .

कञ्चनपुरः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक यात्रुवाहक हाइस (भ्यान) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।

सोमवार साँझ महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१०३२ च ३२४१ नम्बरको हाइस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई सडक छेउमा पल्टिएको जनाइएको छ।

घाइतेहरूको झलारीस्थित टी एन्ड सी अस्पतालमा उपचार भइरहेको र ती मध्ये एक जनाको अवस्था मध्यम रहेको छ।

अन्य सामान्य रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖