• Monday 26th of October 2026

एमालेले लगायो मन्त्रीहरुको नामको टुंगो


  • धनकुटा खबर
  • .

नेकपा एमालेले बानियाँको नेतृत्वमा नयाँ सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको छ ।

एमाले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाउको हो । जस मध्य एक जना मन्त्री दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ ।

दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर रहेका छन् । उनै सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन् ।

एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरणमन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै ‍विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖