• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पेट दुख्यो भनेर अस्पताल पुगेकी बालिकाले जन्माईंन बच्चा, ५० बर्षीय पुरुष पक्राउ


  • धनकुटा खबर
  • .

सिन्धुपाल्चोक —पेट दुखेको भन्दै अस्पताल पुर्‍याइएको एक किशोरीले शिशु जन्माएपछि बलात्कारको पिडादायी रहस्य सार्वजनिक भएको छ। साउन २० गते ती अविवाहित किशोरीले अस्पतालमै बच्चा जन्माएपछि परिवार र प्रहरी दुवै स्तब्ध बनेका थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव खरेलका अनुसार शारीरिक पीडाबाट गुज्रँदै अस्पताल पुर्‍याइएकी ती किशोरीले प्रहरीसँगको सोधपुछमा आफूमाथि पटक–पटक बलात्कार भएको र त्यसकै कारण गर्भवती भएको खुलाएकी हुन्।

प्रहरीका अनुसार ती किशोरीले गर्भ रहेको जानकारी आफ्नै परिवारलाई पनि बताएकी थिइनन्।गर्भका लक्षण स्पष्ट नहुँदासम्म परिवारलाई पनि थाहा नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि प्रहरीले ती किशोरीका बयानका आधारमा एक ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ।बलात्कारको आरोपमा पक्राउ परेका ती व्यक्तिमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

“किशोरीको बयानका आधारमा बलात्कार पुष्टि हुनसक्ने प्रारम्भिक संकेत देखिएको छ,” – प्रवक्ता खरेल।पीडित किशोरी र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

पक्राउ परेका व्यक्तिविरुद्ध बलात्कार र बाल यौन दुरुपयोगसम्बन्धी मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖