• Monday 26th of October 2026

दिल्लीबाट उद्धार गरिएका ४० जना नेपाली महिलालाई नेपाल ल्याइयो


  • धनकुटा खबर
  • .

काठमाडौ । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरि नेपाल ल्याइएको छ। दिल्लीस्थित नेपाली राजदूतावास, भारत प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरुले सुनौली नाका हुँदै नेपाल ल्याइएको हो।

गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको दिल्लीबाट उद्धार गरिएको र विभिन्न प्रक्रियाहरु पूरा गरी सुनौली नाका हुँदै नेपाल ल्याइएको किन इन्डियाका संस्थापक नविन जोशीले जानकारी दिए।

दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो। जोशीका अनुसार घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडीका पाँच देश लैजाने क्रममा उद्धार गरिएको हो।

खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम समेत बढ्दै गएकाले आफूहरुले त्यसमा निगरानी गरिरहेको पनि उनले जानकारी दिए।-खोज केन्द्र न्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖