• Monday 26th of October 2026

यि २३ निर्माण कम्पनी कालोसूचीमा


  • धनकुटा खबर
  • .

काठमाडौं । तोकिएको समयमा काम नगर्ने २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढेको छ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने २३ निर्माण कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिँदै कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो।

चित्तबुझ्दो स्पष्टीकरण नभए सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा राखिने कार्यालयको सूचनामा उल्लेख छ।

खरिद अनुगमन कार्यालयले यसअघि पत्राचार गर्दा पनि ती कम्पनी सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖