• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रहरी हिरासतमै युवक झुण्डिएपछि…


  • धनकुटा खबर
  • .

जनकपुर । धनुषामा चोरीको आरोपमा पक्राउ परेका एक युवक प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा भेटिएका छन् ।

धनुषाको कमला नगरपालिका–८ सोनापाडा निवासी अन्दाजी २२ वर्षीय सुभाष कुमार यादवलाई बिहीबार राति चोरीको आरोपमा इलाका प्रहरी कार्यालय यदुकुहाले पक्राउ गरेको थियो ।

शुक्रबार साँझ उनी हिरासतको कोठामै आफ्नै कपडा प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी नरहरी रेग्मीका अनुसार प्रहरीको निगरानीमा रहेका यादवलाई समयमै देखेर बाहिर निकालिएको र तत्काल उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पताल पुर्‍याइएको हो ।

हाल उनको आईसीयूमा राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको रेग्मीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालयका इन्चार्ज ओम प्रकाश यादवको टोलीले घटनापछि तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याएको र उपचारपछि अवस्था सुधार आएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖