• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कैलाली कारागार झडपमा घाइते एक जनालाई स्काई ट्रकबाट काठमाडौं लगिँदै


  • धनकुटा खबर
  • .

धनगढी । कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपमा घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं लगिने भएको छ ।

नेपाली सेनाको स्काई ट्रक मार्फत गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

स्काई ट्रक धनगढी विमानस्थल पुग्दैछ । गम्भीर अवस्थाका भट्टको सेती प्रादेशिक अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ ।

अवस्था बिग्रँदै गएपछि उनलाई उपचारका लागि काठमाडौं लगिने भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖