• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पशुपति अर्याघाटमा जलाईरहेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ साउन । पशुपति आर्यघाटमा जलाईराखेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा शव जलाउने व्यक्ति र अर्का एक जना गरी दुई जना पक्राउ परेका छन् ।

जलाइराखेको शवबाट एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले ती घाटे र शव जलाउन दाउरा उपलब्ध गराउने अर्को एक जनालाई पक्राउ गरेको हो ।

यो घट्ना गत शुक्रबार अर्थात साउन २३ गतेको हो । उनीहरु दुवै जनालाई अहिले गौशला प्रहरी वृत्तमा राखेर अनुसन्धान गरिएको छ ।

उनीहरुलाई अहिले अभद्र व्यवहारमा अनुसन्धान गरिएको छ । प्रहरीको लागि पनि यो घट्ना नौलो हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖