• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते


  • धनकुटा खबर
  • .

पूर्वी नवलपरासीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

गैंडाकोट नगरपालिका-१० सिस्नेपुलस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी मधु नेपालले जानकारी दिए।

आइतबार अपराह्न ४ बजेतिर ना ५ ख ८४१७ नं.को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ५५ प ३१३४ नं.को स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनाबाट ट्रक र स्कुटरका चालक च्यापिएका थिए।

प्रहरीले दुबै जनाको उद्धार गरी चितवन सरकारी अस्पताल पठाएको छ। उनीहरूको सनाखत हुनसकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖