• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सहकारी ठगी आरोपमा सहायक क्याम्पस प्रमुख पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले लमजुङको बेसिशहर स्थित मर्स्याङ्दी क्याम्पसका सहायक क्याम्पस प्रमुखलाई पक्राउ गरेको छ । सहायक क्याम्पस प्रमुख पदमबहादुर रावत आइतबार पक्राउ परेका हुन् ।

सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा अनुसन्धान गर्न रावतलाई पक्राउ गरिएको लमजुङका डीएसपी रेशम बोहराले रातोपाटीलाई बताए । रावत सहितको समूहले सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोप छ ।

अपचलनमा सञ्चालक समिति, ऋण उप समिति र लेखा समितिका सदस्यहरू संलग्न देखिएका छन् ।

रावत विरुद्ध प्रहरीले अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖