• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एम्बुलेन्स दुर्घटना, चालकको घटनास्थलमै मृत्यु


  • धनकुटा खबर
  • .

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै आज (सोमबार) बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भे१च २२४७ नम्बरको एम्बुलेन्स भेरी नगरपालिका–१ डौँरीकाँडाका २७ वर्षीय सुनिल चनारा चलाउँदै थिए । बिरामी लिन जाँदै गरेको एम्बुलेन्स उकालो चढ्ने क्रममा भित्तामा ठोक्किएपछि करिब २०० मिटर तल कल्ले खोलामा खसेको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार चनाराको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖