• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, ३ वर्षीय छोरा घाइते


  • धनकुटा खबर
  • .

राजविराज । सप्तरीको हुलाकी सडक खण्डअन्तर्गत बलानविहुल गाउँपालिका–६ शेहरा चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

बलान बिहुल गाउँपालिका–२ दिघिया टोल बस्ने ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको हो । शान्तिका देवर गयाप्रसाद यादवले चलाएको ‘अन टेस्ट’ मोटरसाइकलमा शान्तिकुमारीका तीन वर्षीय छोरा समेत सवार थिए । उनीहरू बोदे बर्साइनबाट चन्हीतर्फ जाँदै थिए ।

सोही क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा शान्तिकुमारीकी तीन वर्षीय छोरा आदित्यसहित सबै घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पठाइएको थियो । शान्तिदेवीको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।

चालक यादव शान्तिकुमारीका तीन वर्षीय छोरा आदित्यलाई समेत लिई एम्बुलेन्सबाटै फरार भएको प्रहरीले जनाएको छ । आजै शम्भुनाथ नगरपालिकामा भएको दुर्घटनामा एक युवकको ज्यान गएको थियो भने एक दम्पती घाइते भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖