• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

श्रीमती घर छोडेर माइती गएपछि ज्युँदो श्रीमतीको मृत्यु दर्ता


  • धनकुटा खबर
  • .

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का दयाराम गिरीले जिउँदै भएकी जेठी श्रीमती गोमतीदेवी गिरी(नाथ)को मृत्यु दर्ता गराएको खुलासा भएको छ।

उनीहरुवीच वैवाहिक विवादपछि गोमती २०७५ सालमा दुई नाबालक छाडेर माइती गएकी थिइन्। दयारामले २०७६ साल फागुनमा गोमतीको मृत्यु भएको भन्दै वडा कार्यालयमा दर्ता गराई १० धुर जमिन आफ्नो र छोराको नाममा नामसारी गराएका थिए।

गोमतीले घटना भएको ६ वर्षपछि वडा कार्यालयमा पुगेपछि मात्र आफ्नो मृत्यु दर्ता भएको थाहा पाएकी हुन्।

यसबारे छानबिनको माग गर्दै मृत्युदर्ता खारेजी प्रक्रिया अघि बढाउने वडा अध्यक्षले बताएका छन्। प्रहरी पनि प्रारम्भिक अभिलेख जाँच गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖