• Monday 26th of October 2026

प्रधानमन्त्री ओलीलाई शिशिर खनालको प्रश्न : हामी त भ्रष्टाचारीहरू मन्त्रीको पदमा बहाल नरहून् भन्ने चाहन्छौं, तपाईं के चाहनुहुन्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहेसम्म मुलुक र लोकतन्त्र दुर्घटनामा जाने खतरा औंल्याएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपाले दुई महिना भन्दा लामो समयदेखि भिजिट भिसाको नाममा भैरहेको मानव तस्करीको विरुद्धमा उच्चस्तरीय छानबिन समिति माग गरेर आन्दोलन गर्दा सरकारले नसुनेको उनको गुनासो छ ।

आफूहरु भिजिट भिसा काण्डको विरुद्धमा आन्दोलित हुँदा “लिचिबारी” बेच्ने अडियो टेप आएकोछ, पासपोर्टको छपाईमा भागबण्डा भएको खबर बाहिरिएकोे, कुलिंङ पिरियडको बदमासीको जिम्मेवारि लिनुपर्ने निष्कर्ष निस्किएको स्मरण गराउँदै खनालले भने,‘तर पनि संसद मौन छ र उल्टै विपक्षीको आवाजलाई निस्तेज पार्न प्रयास हुन्छ। केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै घुस लिईरहेको सुचना प्रहरीकहाँ पुग्छ तर गृहमन्त्रीलाई अप्ठेरो पर्छ भनेर छानबिन अगाडि बढदैन् ।’

उनले लोकतन्न्त्र मास्न खोज्नेहरुले ⁠आफूअनुकुलका निर्वाचन कानून बनाउने, ⁠न्यायपालिकाको स्वतन्त्रलाई कुण्ठित पार्ने, ⁠कार्यकारी अधिकार बलियो बनाउने र ⁠मिडियामाथि नियन्त्रण गर्न खोज्छन भनेर भनेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले गरेको कामको एक वर्षको मूल्यांकन गर्नसमेत सुझाएका छन् । उनले हाउ डेमोक्रेसी डाईज नामक पुस्तक पढ्नसमेत प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

सम्बोधनको अन्त्यमा खनालले भने,‘हामी त सुशासन होस, छानबिन होस, भ्रष्टाचारीहरु मन्त्रीको पदमा बहाल नरुहुन भन्ने चाहन्छौं, तपाई के चाहानुहुन्छ? हाम्रो आन्दोलन जारी छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖