राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सह-कोषाध्यक्ष दीपक बोहरालाई पदबाट हटाएको छ। यससँगै अब बोहरा केन्द्रीय सदस्य मात्रै रहने छन्।
रास्वपाले निर्वाचन आयोगलाई अद्यावधिक गर्नका लागि दिएको निवेदनअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नाम अद्यावधिक भएको छ। निर्वाचन आयोगले अद्यावधिक गरेको नयाँ नामावली रास्वपालाई उपलब्ध गराइसकेको छ।
उक्त सूचीअनुसार बोहरा सह-कोषाध्यक्षबाट केन्द्रीय सदस्यमा घटुवा भएका छन्।
