• Monday 26th of October 2026

प्रधानमन्त्री ओलीलक्षित वर्षमानको टिप्पणी : तपाईंको कुशासनसँग लड्न नसकेर एकजना योग्य चिकित्सकले देश छोडे


  • धनकुटा खबर
  • .

काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले वर्तमान सरकारको एकपछि अर्को भ्रष्टाचार र बेथितिका श्रृंखलाको कारण जनतामा चरम निराशा छाएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सदनमा गरेको भाषणमा आफूले गरेको कामको फेहरिस्त सुनाएको र भाषण हेर्दा देशमा कुनै समस्या नै नभएकोजस्तो लाग्ने पुनको टिप्पणी छ ।

आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले ओली सरकारको कुशासनसँग लड्न नसकेर डाक्टर रामेश कोइरालाले देश छोडेको पनि आरोप लगाए ।

उनले भने,‘प्रधानमन्त्रीज्यू तपाईंले संसदमा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानहरुको चीरहरण भएको किन बिर्सिनुभयो ? तपाईंले स्वास्थ्यको कुरा गरिरहँदा उता मेरिटोक्रेसी मिचेर भागबण्डा गरिरहँदा, तपाईंको कुशासनसँग लड्न नसकेर एकजना योग्य चिकित्सक देश छोड्दै थिए।’ वर्तमान सरकार जग्गा प्लटिङ गरेर बेच्ने दलालहरुको स्वार्थमा काम गरिरहेको पनि उनको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖