• Monday 26th of October 2026

पूर्वकर्णेल, पूर्वडीआईजी र पूर्वएसएसपी रास्वपामा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली सेनाका पूर्व कर्णेल डा. प्रद्युम्न पौडेल र सशस्त्र प्रहरी बलका पूर्वडीआईजी दुर्गा भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

बिहीबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्व एसएसपी विश्वेश्वर थापा, अन्तर्राष्ट्रिय लायन्स क्लबकी पूर्व गभर्नर तथा रेउकाई नेपालकी पूर्वअध्यक्ष महिला उद्यमी शोभा जोशी पनि रास्वपामा आवद्ध भएका हुन् ।

यसैगरी नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष ललित बहादुर श्रेष्ठ पनि रास्वपामा प्रवेश गरे ।

पार्टी प्रवेश गर्नेहरुलाई कार्यवाहक सभापति डीपी अर्याललगायत नेताहरूले लोगो लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖