• Monday 26th of October 2026

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष रास्वपा प्रवेश


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियनका उपाध्यक्ष ललितबहादुर श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।

श्रेष्ठ बिहीबार रास्वपा प्रवेश गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।
उनका अनुसार नेपाली सेनाका पूर्वकर्नेल प्रद्युम्न पौडेल पनि रास्वपा प्रवेश गरेका छन्।

यस्तै सशस्त्र प्रहरी बलका पूर्व डिआइजी दुर्गा भट्टराई पार्टी प्रवेश गरेको झाले बताए।

सशस्त्र प्रहरी बलकै पूर्वएसएसपी विश्वेश्वर थापालाई बिहीबार पार्टी प्रवेश गराएको झाको भनाइ छ।

यस्तै अन्तर्राष्ट्रिय लायन्स क्लबको पूर्वगभर्नर तथा रेयुकाई नेपालका पूर्व अध्यक्ष शोभा जोशी पनि रास्वपा प्रवेश गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖