काठमाडौ । झाँक्री प्रकाश भुजेलले ‘इन्स्टिच्युट अफ आन्टरप्रेनरशिप एन्ड म्यानेजमेन्ट स्टडिज’बाट सम्मान पाएको दाबी गर्दै आफ्नो नामको अगाडि ‘डा.’ लेख्दै आएका छन्।
तर टेकपानाको फ्याक्टचेक अनुसार उक्त संस्था कुनै मान्यता प्राप्त विश्वविद्यालय होइन र कुनै विश्वविद्यालयसँग सम्बन्धन समेत छैन। तालिमका नाममा यस्ता मानार्थ उपाधि दिने (वा विक्री गर्ने) गतिविधि गर्दै आएको संस्थाबाट प्राप्त सम्मानका आधारमा भुजेलले ‘डा.’ प्रयोग गरेको पुष्टि भएको छ।
प्रकाश भुजेलले धेरै विवाद भएपछि आफ्नो प्रमाणपत्र फिर्ता गर्ने बताएका छन। तर उनले आफ्नो फेसबुकको नाममा भने Dr. कायम राखेका छन्।
