• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जब सुतिरहेकी महिलामाथि अपरिचित पुरुषले जबरजस्ती करणी गरे


  • धनकुटा खबर
  • .

खाेटाङ- शुक्रबार राति करिब दुई बजेको थियो। खेतबारीमा दिनभर काम गरेर थाकेर, छोराछोरीसँगै खाना खाएर, सानो घरको कोठामा निदाइरहेकी थिइन् ती ३० वर्षीया महिला। श्रीमान् विदेशमा थिए। घरमा छोराछोरीसँगै उनी मात्र थिइन्।

रातको करिब २:१५ बजेतिर, नजिकैको गाउँबाट आएका ३७ वर्षीय सुमन राई उनी बस्ने कोठामा पसे। मादक पदार्थ सेवन गरेको झोंकमा उनी जबरजस्ती महिलामाथि आइलागे।

गहिरो निन्द्रामा थिएँ। अकस्मात् मलाई करणी भइरहेको महसुस भयो। छोराछोरीलाई बोलाएँ। मातेको अवस्थामा भएकाले छोराछोरी र म मिलेर उनलाई नियन्त्रण गर्‍यौँ,” महिलाले प्रहरीसमक्ष रोइरहेको स्वरमा बताइन्।

छिमेकीहरू घटनास्थलमा जम्मा भए। भाग्ने प्रयास गरेका सुमनलाई गाउँलेले केही टाढा पुगेपछि समाते। पीडितका अनुसार, पक्राउ पर्नुअघि उनी पटक–पटक अश्लिल शब्द प्रयोग गर्दै आक्रमण गर्न खोजेका थिए। “उनले कोदालो समेत उठाएका थिए। हामी छिमेकी र छोराछोरीको साथ नभएको भए के हुन्थ्यो थाहा छैन,” महिलाले भनिन्।

त्यसपछि राति नै प्रहरीलाई खबर गरियो। अस्थायी प्रहरी चौकी खार्मीले घटनास्थल पुगेर सुमनलाई नियन्त्रणमा लियो। जिल्ला प्रहरी कार्यालय खोटाङले उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान थालेको छ।

पीडित महिलालाई त्यसै राति प्रहरीको गाडीमा जिल्ला झिकाइयो। अस्पतालमा स्वास्थ्य परीक्षण गरियो। स्वास्थ्यकर्मीले उनको अवस्था सामान्य रहेको बताए। तर, मनको पीडा सामान्य थिएन।

“म परिवार भएकी महिला हुँ। तर एक अपरिचितले मेरो जीवन नै नरामाइलो बनाइदियो। अब कानुनी न्याय पाएँ भने मात्र मेरो पीडा केही कम हुनेछ,” पीडितले भनिन्।

यसबीच, सुमनका आफन्तले गाउँमै मिलापत्र गर्न दबाब दिइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖