• Monday 26th of October 2026

रवि लामिछानेलाई काठमाडौँ लैजाने जहाज डिले


  • धनकुटा खबर
  • .

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर काठमाडौँ लैजाने जहाज डिले भएको छ।

लामिछानेलाई प्रहरीले बुद्ध एयरबाट ३ ः१० बजे लैजाने तयारी गरेको थियो । तर जहाज डिले भएपछि ३:५० सम्म रविलाई विमानस्थल पुर्‍याइएको छैन ।

रविलाई लैजाने भनिएको बुद्ध एयरका विमान अझै नउडेको गौतमबुद्व विमानस्थल श्रोतले जनाएको छ ।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।

अदालतले अनुमति दिए पनि गृह प्रशासनले उनलाई रोकेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖