• Monday 26th of October 2026

डा. गोविन्द केसीले दिए सत्याग्रह-अनसनको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौ । सरकारले निजी मेडिकल तथा डेन्टल कलेजमा उल्लेख्य संख्यामा सिट वृद्धि गर्ने निर्णय गरेपछि फेरि एक पटक डा. गोविन्द केसीले सत्याग्रह-अनसनको चेतावनी दिएका छन्।

उनले सरकारलाई तत्कालै सिट बढाउने निर्णय फिर्ता लिन माग गरेका छन्। तर, यो आन्दोलनलाई लिएर समाजमा मिश्रित प्रतिक्रिया छ। धेरैले भने, डा. केसीको आन्दोलनका कारण वर्षौंदेखि नेपालमै मेडिकल पढ्न नपाएर आफ्ना छोराछोरीलाई विदेश पठाउनुपर्ने बाध्यता आएको छ, जसले देशको ठुलो धनराशि बाहिर बगाइरहेको छ।

प्रधानमन्त्री केपी ओलीले हिजो मात्र सामाजिक सञ्जालमा लेखेका थिए- “चिकित्सा शिक्षा अध्ययनका लागि मात्र १,६५५ नेपाली विद्यार्थीले विदेश जाने अनुमति पत्र लिएका छन्। अरु विषय पढ्न जाने विद्यार्थी दशौं हजार छन्। यो केवल आर्थिक नोक्सानी होइन, युवाशक्ति र भविष्यको सम्भावना समेत देशबाहिर पलायन भइरहेको दुःखद चित्र हो।”

उनका अनुसार सरकारले चिकित्सा शिक्षा आयोगमार्फत गरेको यो निर्णय ऐतिहासिक हो। यस कदमसँगै शुल्कमा मात्रै ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी विदेशिनबाट रोकिनेछ।

त्यसैगरी, हरेक वर्ष साढे तीन अर्ब रुपैयाँ देशभित्रै रहने, हजारौँ परिवार छोडेर परदेशिनु पर्ने बाध्यता घट्ने, र नेपालमै सक्षम चिकित्सक उत्पादन हुने बाटो खुल्ने सरकारको दाबी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖