• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मृत भेटिए कृषि विकास बैंक शाखा प्रमुख


  • धनकुटा खबर
  • .

रुपन्देही । कृषि विकास बैंक रूकुम पूर्व शाखाका प्रबन्धक शिवशंकर गिरी मृत अवस्थामा फेला परेका छन्।

सल्यानको बागचौर नगरपालिका–८ घर भएका ५२ वर्षीय गिरी शनिबार अपराह्न आफ्नै क्वाटरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए।

उनका अनुसार गिरी बिहान करिब ११ बजेतिर नुहाएर सुतेका थिए। अपराह्न ४ बजेसम्म पनि नउठेपछि बैंकका अन्य कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुगेपछि उनलाई सुतेकै अवस्थामा मृत भेटिएको हो।

गिरीको क्वाटरमा बैंकका अन्य तीन कर्मचारी समेत बस्ने गरेका थिए। घटना भएकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।उनको शवलाई परिवारको सनाखतपछि पोस्टमर्टमका लागि पठाइने तयारी भइरहेको डिएसपी यादवले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖