• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आमाछोरी मृत फेला


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा आमाछोरी मृत फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरती डंगौरा र उनकी १० महिने छोरी अनुजा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार आरती र अनुजा गौरीशंकर सामुदायिक वनमा मृत अवस्थामा भेटिएका हुन्। ‘साउन २९ गते आमाछोरी बेपत्ता भएको भन्दै खोजीका लागि निवेदन आएको थियो,’ डीएसपी सिंहले भने, ‘दुबै जनाको गौरीशंकर सामुदायिक वनमा झुण्डिएको अवस्थामा शव फेला परेको छ।’

सुरूमा छोरीलाई झुन्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। दुवैको शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖