• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

आइतबार बेलुकी ९:४७ बजे बूढानीकण्ठ नगरपालिका-७ स्पेसल चोकमा बा. प्र. ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्र. ३-०२-००२ प ५७२ नं को मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए भने स्कुटरमा दुई जना सवार थिए।

दुर्घटनापछि पाँचै जनालाई गम्भीर घाइते अवस्थामा उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

गम्भीर घाइते भएका मोटरसाइकलका चालक सिरहाको जमदाहाका २९ वर्षीय भोला थापाको उपचार क्रममा सोमबार बिहान २:१५ बजे मृत्यु भएको हो।

अन्दाजी ३५ वर्षका अर्का व्यक्तिको पनि सोही समयमा मृत्यु भएको हो। उनी मोटरसाइकलमा थिए कि स्कुटरमा थिए भन्ने पनि खुलेको छैन।
बाँकी तीन जना घाइतेको अवस्था पनि गम्भीर छ। तीमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ।

एसपी गिरीका अनुसार गोरखाको खोर्खा नगरपालिका आरूपोखरी घर भई हाल काठमाडौंको भंगाल बस्ने २४ वर्षीय एरिक परियार बोल्न नसक्ने अवस्थामा गम्भीर घाइते छन्।

बाँकी दुवै जना २८/२९ वर्षका रहेको र उनीहरूको परिचय खुलिनसकेको एसपी गिरीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖