• Monday 26th of October 2026

रवि लामिछाने अस्वस्थ, स्वास्थ्य परीक्षणका लागि डाक्टरहरू पुगे नख्खु जेल


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने अस्वस्थ देखिएका छन् ।

भर्खर मात्र ललितपुरस्थित नख्खु जेलमा सारिएका लामिछाने अस्वस्थ भएपछि रगत जाँच गर्नका लागि वीर अस्पतालको ट्रमा सेन्टरबाट डाक्टर गएका छन् ।

उनको रगत परीक्षण भइरहेकाले के समस्या भएको भन्नेबारे रिपोर्ट नआएको कार्यवाहक सभापति डोरप्रसाद अर्यालले जानकारी दिए ।

‘म उहाँले भेट्न गएको थिएँ । उहाँ अस्वस्थ भएकाले चेकअपका लागि ट्रमा सेन्टरबाट डक्टरहरू लिएर ब्लड परीक्षण गरिएको छ ।

रिपोर्ट आएको छैन । लामो समय अँध्यारो कोठामा बस्नुपरेकोले समस्या आएको हुनसक्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖