• Monday 26th of October 2026

रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य छैन’


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य नरहेको पाइएकाे छ ।

रुपन्देहीको भैरहवाबाट ललितपुरस्थित नख्खु कारागारमा स्थान्तरण गरेपश्चात् सोमबार लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको चिकित्सकले बताएको रास्वपाले जनाएकाे छ।

हावा, घामलगायत नियमित आवश्यकता लामिछानेको शरीरले नपाएको देखिएको बताइएकाे छ । ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादव नेतृत्वकाे टोलीले लामिछानेको थप स्वास्थ्य जाँचको प्रक्रिया थालेको छ ।

भैरहवा कारागारमा रहँदा कोठाभित्रै थुनिएको, हावा पानी नपाएको, अत्यधिक गर्मी रहेका कारण उनको शरीरमा केही समस्या देखिएको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖