• Monday 26th of October 2026

यि हुन् पत्रकारमाथि दुर्व्यवहार गर्ने उपमेयरको छोरा, पक्राउ पुर्जी जारी


  • धनकुटा खबर
  • .

रौतहट । फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धी समाचार लेख्ने पत्रकारमाथि गरिएको दुर्व्यवहार प्रकरणमा उपमेयर (कावा मेयर) अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

इलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा जिल्ला अदालत रौतहटले सोमवार सनाउल्लाहलाई पक्राउ गर्न आदेश दिएको इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिएका छन्। पत्रकार कृष्ण तिवारीमाथि गत साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन जाने क्रममा सन्तपुर चौक नजिकै रोकेर सनाउल्लाह द्वारा दुर्व्यवहार गरिएको थियो।

पीडित तिवारीले दिएको जाहेरी पछी रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीको निर्देशनमा इलाका प्रहरी कार्यालय विजयपुरले घटनाको अनुसन्धान गरी गत आइतबार कावा मेयर पुत्र सनाउल्लाहमाथि केही अभद्र मुदा दर्ता गरेको थियो।

इलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवले कावा मेयर खातुनको छोरा सनाउल्लाह लाई खोजतलास गरी पक्राउ गर्न प्रहरीको छुट्टै टोली परिचालन गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖