काठमाडौ । जनता समाजबादी पार्टी, नेपालका नेता, युवा, विद्यार्थी र महिलाहरुलाई मशाल जूलूसको क्रममा बबरमहलस्थित माइतीघरबाट पक्राउ गरेको छ।
जसपा नेपालका प्रवक्ता मनिष कुमार सुमन, केन्द्रीय सदस्य हंसा कुमारी साह , सशीकपुर मिया, दिनेश कुमार यादव, अम्बिका काफ्ले, किरण साह, युवा नेता भोगेन्द्र यादव, विकी यादव, बबी सिंह, रेणुराज सिंह, समाजवादी विद्यार्थी युनियन, नेपालका अध्यक्ष मनिष यादव, महासचिव बलिराम कापडी, युवा नेता दिलिप पटेल र मनिष यादव ओम लगायत लगभग १८ जनालाई माइतीघर मण्डला, बबरमहलबाट प्रहरीले पक्राऊ गरेको छ।
अहिले प्रहरी बृत, सिंहदरबार, अनामनगर काठमाडौंमा राखेको छ।-खोज केन्द्र न्यूज
