• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रहरीले नि:शुल्क बाँड्दैछ तालिमप्राप्त कुकुर, कसरी प्राप्त गर्ने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रहरीले तालिमप्राप्त कुकुर नि:शुल्क बाँड्ने भएको छ । प्रहरीले एक सूचना निकाल्दै तालिमप्राप्त कुकुर नि:शुल्क बाँड्न लागिएको बताएको छ ।

२९ साउनमा नेपाल प्रहरी केनाइन कार्यालयका एसपी डा. रामचन्द्र सत्यालले एक सूचना निकाल्दै विभिन्न जातका तालिमप्राप्त ३ वटा कुकुर नि:शुल्क बाँड्न लागिएको बताएका छन् ।

प्रहरीले अपराध अनुसन्धान तथा खोजी उद्धारमा काम लगाउँदै आएका कुकुरहरू उमेर ढल्कदो अवस्थामा पुगेको र पर्‍याप्त काम गर्न सक्न छाड्ने भएपछि नि:शुल्क बाँड्न लागेको हो ।

नि:शुल्क बाँड्न लागिएका कुकुरहरुमा खोजी तथा उद्धारमा खटिने बिजुली नामको ८ वर्षको पोथी जर्मन सेफर्ड, लागु औषधको खोजी एवं पहिचान गर्ने ११ वर्षकै गोल्डेन रिट्रिभर जातको मोती नामको भाले कुकुर, बिस्फोटक पदार्थ खोजी एवं पहिचानमा खटिने जर्मन सेफर्ड जातको म्याक नामको १० वर्षको भाले कुुकुर नि:शुल्क बाँड्न लागिएको छ ।

यसअघि यी कुकुर बेच्न भन्दै प्रहरीले सूचना निकालेको थियो । तर कसैले पनि नकिनेपछि अहिले नि:शुल्क वितरण गरिने भन्दै सूचना निलकालेको छ । सूचना निकालेको मितिबाट ७ दिनभित्र कुुकर लिन इच्छुकहरुले आवेदन दिनुपर्ने बताइएको छ ।

प्रहरी, पूर्वप्रहरीदेखि सर्वसाधारणसम्म आवेदन दिएर कुकुर लिन सक्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖