• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बाँदर धपाउने क्रममा आक्रमण गर्दा ५८ वर्षीय पुरुषको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । नुवाकोटको कविलासमा बाँदरको आक्रमणबाट एक जना किसानको ज्यान गएको छ । बाँदरको आक्रमणबाट अचेत भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

बारी पसेको बाँदर धपाउने क्रममा बाँदरको फौजले आक्रमण गर्दा अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै ज्यान गएको पन्चकन्या( २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार मकै खान लागेको बाँदरलाई धपाउने क्रममा एकसय भन्दा धेरैको संख्यामा रहेका बाँदरको फौजले नेपालीमाथि एक्कासी आक्रमण गर्दा उनी बेहोस भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖