• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

घोडाले महिलालाई आक्रमण गरेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा घोडाले आक्रमण गर्दा एक जना पैदल यात्री घाइते भएका छन् ।

घाइते हुनेमा गोकर्णेश्वर नगरपालिका-८ स्थित माकलबारीकी ५२ वर्षीया एक महिला रहेकी छन् ।

दोलखाको जिरी नगर पालिका-८ घरभई माकलबारी बस्ने १६ वर्षीय एक पुरुषले चराउन ल्याएको घोडाले माकलबारी सडकखण्डमा हिँडिरहेकी ती महिलालाई आक्रमण गरेको थियो ।

घोडाले खुट्टा प्रहार गर्दा घाइते भएकी ती महिलालाई उपचारका लागि सानेपास्थित मेडीसिटी अस्पताला पठाइएको थियो ।

टाउको र हातमा चोट लागेकी ती महिला उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

महिलामाथि आक्रमण गर्ने घोडा र घोडा चराउन ल्याउने व्यकित माकलबारी प्रहरीको नियन्त्रणमा रहेको रघटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖