• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मोरङमा छोरी करणी गरेको आरोपमा बुवा पक्राउ


  • धनकुटा खबर
  • .

मोरङ। मोरङमा छोरीलाई करणी गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।

करिब ६ महिनायता पटक-पटक करणी गरेको आरोपमा ४७ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हस्तबहादुर सुनुवारले जानकारी दिए।

डीएसपी सुनुवारका अनुसार पीडितको आफन्तले दिएको जाहेरीका आधारमा बुवालाई पक्राउ गरिएको हो । पीडित छोरी नाबालिका हुन्।

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पुरुषविरुद्ध ५ दिन म्याद थप गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖