• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पोर्चुगलमा एक नेपाली युवकको मृत्यु


  • धनकुटा खबर
  • .

पोर्चुगलमा कार्यरत एक नेपाली युवकको मृत्यु भएको छ।

रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका दोलखाको तामाकोशी गाउँपालिका- ६ निवासी ३२ वर्षीय अर्जुन आपागाईको मृत्यु भएको हो।

उनको १० अगस्टमै मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे छ। आपागाईको शव हाल पोर्चुगलको बेजा अस्पतालमा राखिएको छ।

उनको शव व्यवस्थापनका लागि ठूलो आर्थिक स्रोत आवश्यक परेको भन्दै भाइ शिवजी आपगाईले सहयोगका लागि समस्त पोर्चुगलवासी नेपालीमा अपिल गरेका छन्।

पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघ-संस्थालाई पनि शव व्यवस्थापनमा सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖