• Monday 26th of October 2026

प्रहरीको १६ वर्षमै पेन्सन हुने व्यवस्था गर्दैछौँ: गृहमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौ । गृहमन्त्री रमेश लेखकले आधारभूत दर्जाका प्रहरीले १६ वर्षमै पेन्सन हुने गरी कानुन निर्माण गर्न लागिएकाे बताएका छन्।

नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिकोत्सव समारोहलाई आज काठमाडाैँमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानुन यथाशीघ्र जारी गरिने प्रतिबद्धता व्यक्त गरे।

‘प्रहरी सम्बन्धी कानुनको नयाँ मस्यौदामा आधारभूत दर्जाका प्रहरीको २० वर्षमा निवृत्ति हुने व्यवस्थालाई अब चार वर्ष घटाएर १६ वर्षमा झारिने छ,’ उनले भने, ‘प्रहरीको कार्यालय सहयोगीदेखि हवल्दारसम्मको तहलाई हामीले आधारभूत तह भनेका छौँ। अब बन्ने कानुनमा यो तहका प्रहरी १६ वर्षमै सेवा निवृत्ति हुनेछन्।’

उनले आधारभूत तहका प्रहरीले १६ वर्षमम्म उभिएर न्यूनतम ८ देखि अधिकतम १४ घण्टासम्म दैनिक ड्युटी गर्ने भएकाले उनीहरूलाई १६ वर्षमै पेन्सन हुने व्यवस्था गर्न लागिएको जानकारी दिए।

‘निजामति कर्मचारी कुर्सी- टेबुलमा बसेर जम्मा ५-६ घण्टा काम गर्छन्,’ उनले भने, ‘त्यसरी हिसाब गर्दा आधारभूत तहका प्रहरीले १६ वर्षमै २३-२४ वर्ष काम गरेको देखिन्छ।’

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई देशका सबै जातजाती, लिंग र भूगोलको बनाइने र महिलाहरूको आरक्षणलाई थप गरिने पनि बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖