ह’मासद्वारा ब’न्धक बनाइएका नेपाली विद्यार्थी बिपिन जोशीका आमा र बहिनी पुष्पा १० दिनको इजरायल यात्रापछि आज नेपाल फर्कँदै छन्।
इजरायलमा रहँदा उनीहरूले प्रधानमन्त्री, राष्ट्रपति लगायत उच्च अधिकारीहरूसँग भेट गरी बिपिनको छिट्टै रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए।
साथै त्यहाँका प्रमुख सञ्चारमाध्यममा विपिनबारे समाचार प्रकाशित गराउने वातावरण पनि उनीहरूले बनाएका थिए।
इजरायलमा रहेका नेपाली समुदायले आमा-छोरीको अभियानलाई साथ दिएका थिए। नेपाल फर्कँदै गर्दा उनीहरूले भने, “बिपिनको छिट्टै रिहाइको खबर सुन्न पाइयोस् भन्ने हाम्रो मात्र चाहना हो।”
