• Monday 26th of October 2026

नेपालका उपसभामुख राना अमेरिकामा सम्मानित


  • धनकुटा खबर
  • .

उपसभामुख इन्दिरा राना अमेरिकामा सम्मानित भएकी छिन्। अमेरिकाको बोस्टन सिटी काउन्सिलले सामाजिक न्याय र कैदीबन्दीका बालबालिकाको सेवामा योगदान गरेको भन्दै बिहीबार आयोजित समारोहमा सम्मान गरेको हो।

काउन्सिल एडलार्ज एरिन मर्फीले उनलाई सम्मान गरेका हुन्। सामाजिक न्याय र असहाय बालबालिकाको हितमा समर्पित सेवाको उच्च मूल्यांकन गर्दै सम्मान गरेको बोस्टन सिटी काउन्सिलले जनाएको छ।

उनले दुई हजारभन्दा बढी बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउँदै शिक्षा, आश्रय र उज्यालो भविष्यको अवसर प्रदान गरेकी छिन्।
कार्यक्रममा उपसभामुख रानाले समाज सेवामा आफूले बिताएको समय, नेपालले महिला र बालबालिका क्षेत्रमा गरेको प्रगति, समानुपातिक समावेशिताबारे धारणा राखेकी थिइन्।

बोस्टन सिटी काउन्सिलले आयोजना गरेको ‘नेपाल र अमेरिकामा लोकतान्त्रिक प्रगति, चुनौती र अवसर’ विषयक उच्चस्तरीय संवाद कार्यक्रममा सहभागी हुन उपसभामुख राना अमेरिका भ्रमणमा छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖