• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सशस्त्र प्रहरीमा भर्ना खुल्यो, ८४६ जनालाई रोजगारीको अवसर


  • धनकुटा खबर
  • .

काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी भर्ना खुलेको छ ।

सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले जारी गरेको सूचनाअनुसार सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो ।

जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । भान्छेमा १६ कूचिकारमा १०, सूचिकारमा १३, केशकर्तकमा १० र चर्मकर्मीमा १ जना भर्ना गर्ने गरी आवेदन खुला गरिएको हो ।

यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖