• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

६८ जना बोकेर उडिरहेको विमानको आकाशमै पखेटा भाँचिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकामा डेल्टा एयर लाइन्सको बोइङ ७३७ विमान दुर्घटनाबाट जोगियो। उडानको क्रममा १००० फिटको उचाइमा यसको पखेटाको एक भाग भाँचियो।

यसपछि विमानलाई टेक्सासमा सुरक्षित अवतरण गराइएको थियो। विमान फ्लोरिडाको ओर्लान्डो विमानस्थलबाट टेक्सासका लागि उडान भरेको थियो। विमानमा ६२ यात्रु र ६ जना चालक दलका सदस्य थिए।

दुर्घटनाको समयमा विमान तीव्र गतिमा हल्लिरहेको यात्रुहरूले बताएका छन्, त्यसपछि सबै आत्तिएका छन्। घटनापछि डेल्टा एयर लाइन्सले यात्रुहरूसँग माफी मागेको छ।

यो कम्पनी अमेरिकाको सबैभन्दा पुरानो एयरलाइन हो, जुन १९२५ मा स्थापित भएको थियो। यो वर्ष डेल्टा एयर लाइन्ससँग भएको यो दोस्रो दुर्घटना हो।

फेब्रुअरीमा, क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा यसको एउटा उडान दुर्घटनामा परेको थियो, जसमा २१ जना घाइते भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖