काठमाडौं । काठमाडौंमा भारी वर्षा भएको छ।
बिहानदेखि मध्य दिनसम्म घाम लागे पनि केही बेरअघि काठमाडौं उपत्यकामा भारी वर्षा भएको हो।
भारी वर्षा भएसँगै धेरै स्थान जलमग्न भएको छ। काठमाडौंको प्रदर्शनी मार्गस्थित पर्यटन बोर्ड पनि डुबानमा परेको हो।
पर्यटन बोर्डको पार्किङ स्थलमा राखिएका गाडीहरू डुबेका थिए।
