• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु


  • धनकुटा खबर
  • .

वीरगञ्ज । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ ।

नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको शनिबार मृत्यु भएको जानकारी दिएका छ । उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताए ।

यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको बताइएको छ । स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖