• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सुटकेशभित्र शव प्रकरणः ४ बजेसम्म सम्पर्कमा रहेकी महिलाको कसरी भयो हत्या ?


  • धनकुटा खबर
  • .

काठमाडौं – रौतहट सदरमुकाममा सुटकेशभित्र फेला परेको शवको सनाखत भएको छ।

उक्त शव रौटहटको माधव नारायण नगरपालिका २ महादेवपट्टी माइत भएकी अन्दाजी २६ वर्षीया रुवीकुमारी साहको भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।

गौर नगरपालिका ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले शंकास्पद अवस्थामा ठूलो सुटकेश देखेका थिए।

डीएसीपीका अनुसार उनी आमासँग बस्ने गरेको र हिजो दिउँसो घरबाट हिँडेकी थिइन्। ‘४ बजेसम्म सम्पर्क भएको रहेछ। त्यसपछि सम्पर्कविहीन हुनुभएछ,’ डीएसपी कार्कीले भने,‘हामी अहिले परिवारबाट पहिचान गराउने तयारी गर्दैछौँ।’

घाँटी कसेर युवतीको हत्यापछि शव सुटकेशमा राखिएको अनुमान प्रहरीले गरेको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖