मध्यप्रदेश । भारतको मध्यप्रदेशस्थित गुनामा एक २१ वर्षीय युवकले आफ्नी बहिनीलाई दुर्व्यवहार गर्ने एक युवकको चक्कु प्रहार गरी हत्या गरेका छन् ।
घटनाको सबैभन्दा आश्चर्यजनक पक्ष के छ भने हत्यामा प्रयोग गरिएको चक्कु त्यही थियो, जसले केही दिनअघि आरोपीकी बहिनीले आफ्नो जन्मदिनको केक काटेकी थिइन् ।
प्रहरी अनुसन्धानका अनुसार मृतक अनिलले आरोपी अभिषेक टिङ्गाकी बहिनीसँग लगातार सम्पर्क गरी उनलाई दबाब दिइरहेका थिए ।
उनले युवतीलाई बिहे गर्न आग्रह गर्दै सुनचाँदीका गहना दिने प्रलोभन देखाएका थिए ।
