सुटकेशभित्र मृत अवस्थामा भेटिएकी रुवी २६ वर्षीया रुवीले आफ्नी आमालाई भनिन्, ‘किनमेल गरेर आउँछु,’ आमाले भनिन्, ‘चाँडै आउनु ।’तर, रुवी फर्किनन् ।
रौतहटको माधव नारायण नगरपालिका–२ माधवपुरकी २६ वर्षीया रुबीकुमारी साह शनिबार दिउँसो डेराबाट निस्कँदा आफ्नी आमालाई फोन गरेर सोध्छिन्-
“आमा, बजारबाट केही ल्याइदिनुपर्छ ?”
आमाले सहजै जवाफ दिनुभयो-
“सामान सबै छ, केही ल्याउनु पर्दैन छोरी।”
तर त्यो संवाद नै आमा-छोरीबीचको अन्तिम कुरा साबित भयो।
किनभने त्यस रात रुबी डेरामा फर्किइनन्।
रविवार बिहान भने डरलाग्दो खबर आयो-
गौर बजार नजिकैको सडक छेउमा फालिएको सुटकेसभित्र एक महिलाको श-व भेटियो। कपडा जसरी पट्याएर ज’बरज’स्ती को’चिएको त्यो श’व अरु कसैको होइन, रुबीकै थियो।
भारतमा विवाह गरेर आएकी उनी पछिल्लो समय रौतहटमै माइतीआमा र ४ वर्षीय छोरासँग डेरा गरी बस्दै आएकी थिइन्। उनकाे डेरा गौर बजारदेखि झन्डै एक किलोमिटर टाढा थियो।
घट्ना कस्ले घटायो भन्ने प्रहरीले अनुसन्धान गर्दै छ भने उनको मोबाइल पनि भेटिएको छैन जस्ले गर्दा प्रहरीलाई चुनौति थपिएको छ ।
